Saturday 2 May 2020

गजल :: भक्त मगर


.








मन संग मन मिल्यो  , हात मिलेन
तिम्रो मेरो कुरा मिल्यो, जात मिलेन ।
.
मैले छुको तिम्रो घरमा नचल्ने रे
धान चामल चैँ मिल्यो , भात मिलेन ।
.
मायाको नसा सबैको एउटै  लाग्थ्यो
 तिम्रो र मेरो मायाको मात मिलेन ।
.
तिम्रो लागि भनी गएको तिम्रो घरमा
दिउँसो चैँ  बास मिल्यो , रात मिलेन ।
.
 मान्छे ठुलो दिलले ,जातले हैन रे
तिम्रो घरमा चैँ कस्तो खात मिलेन।।





भक्त मगर,  लखिमपुर, असम

No comments:

Post a Comment

Recent