Sunday 26 April 2020

आमा :: A Nepali Poem By Shambhu Bantawa Rai

आमा
आमा मेरो आस्था
जिन्दगीको रास्ता
जिवन मेरो सफल हुन्छ
आमा दिल खोलेर हास्दा।
भौतिक सुखले आफू
परिपुर्न भए पनि
आमा नहुदा
सबै शुन्य हुन्छ।
चारैतिर लोभ लालचको
पापी तान्दव भए पनि
आमाको उपस्थितिले त्यहाँ
पून्य हुन्छ ।
आमा मायाको छाया हो
अशान्तिबाट शान्ति पाउने
केवल एउटा उपाय हो।
आमा साथ हुँदा नै
उसको सम्मान गर्न सिक्नु
आमा नहुदा पश्चताप ले
छाती कहिले नपित्नु।
आमाको चरणमा
स्वर्ग हुन्छ
आमाको आशिर्वादमा
हारमा पनि जीत हुन्छ।
जो संग आमा हुन्छ
उस्ले स्वर्गको छाना छुन्छ
आमाले छोडेर गएका
मनहरु जिन्दगीकै
अन्तिम रुवाइ रोएको हुन्छ।




      






 कवि: सम्भु बान्तवा राई, गोर्खालेन्ड
राई

No comments:

Post a Comment

Recent